ROCKY MOUNTAIN FRIENDS OF NEPAL

501(c)(3) nonprofit organization

Phone: (720) 772-7636 & 720 772 RMFN

Denver, Colorado

Community Activity News

Dashain-Tihar program

कोलोराडोमा दशैं–तिहार शुभकामना सांझ कार्यक्रम हुदै नातिबाबु भट्ट २०७६ असोज २० गते ४:०१ मा प्रकाशित   नातिबाबु भट्ट कोलोराडो, अमेरीका अक्टोवर ६, २०१९   हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले शुभकामना सांस्कृतीक सांझ कार्यक्रम आयोजना गरी एक आपसमा शुभकामना आदान प्रदान गर्ने भएका छन् । नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा आगामी अक्टोवर १९ तरिक शनिबार थ्रोन्टन स्थित सेन्चुरी मिडिल स्कूलमा सांझ ५ बजेदेखि ९ बजेसम्म शुभकामना सांस्कृतीक सांझ कार्यक्रम आयोजना हुने संस्थाका महासचिव विनय दाहालले बताएका छन् । भगवान भण्डारी, महेश बुढाथोकी लगायत स्थानीय कलाकारहरुको जोडदार प्रस्तुती रहने कार्यक्रममा, कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनीधी, गन्यमान्य, व्यावसायी, बुद्धीजिवी, कलाकार, साहित्यकार, पत्रकार, नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानीय अमेरीकीहरु तथा सर्बसाधारण सवैलाई कार्यक्रममा सहभागी भई नेपाल र नेपालीको संस्कृती संरक्षण र पहिचाहनमा सहयोग गर्न उनले चुले निम्तो गरेका छन् । त्यसैगरी संस्थाको हालै सम्पन्न कार्यसमितीको बैठकले संस्थाका सबै पुर्व अध्यक्षहरु सहित एक सफल व्यावसायी र एक सामाजिक अभियान्ता रहेको सल्लाहकार समिती बनाउने निर्णय गरेको छ । महासचिव दाहालका अनुसार पुर्व अध्यक्षहरु आजिवन स्थायी रुपमा सल्लाहकार सदस्य रहने छन् भने अन्य दुई भने नयां कार्यसमिती चयनहुंदा परिवर्तन हुन सक्ने छन् । यसैगरी कार्यसमितीले एक बोर्ड सदस्य समेत मनोनीत गरेको र यी सबै…

Read More...