RMFN Election Committee 2025
रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको निर्वाचन सम्पन्न गर्न तिन सदस्सिय निर्वाचन समिती गठन।
कोलोराडोमा नेपाली भाषी समुदायको सबै भन्दा पुरानो सामाजिक संस्था रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आगामी कार्यकालका (२०२५ – २०२७) लागि नया कार्यसमिती चयन गर्न तिन सदस्सिय निर्वाचन समिती गठन गरिएको छ ।
संस्थाका अध्यक्ष अर्जुन बगालेको अध्यक्षता रहेको कार्यसमितीको बैठकले सर्बसम्मत तरिकाबाट तिन सदस्यहरुको नाम पारित गरेको हो । संस्थाका पूर्व अध्यक्ष तथा समाजसेवी नबिन दत्तको संयोजकत्वमा गठीत समितीका अन्य सदस्यहरुमा NRNA NCC का पूर्व केन्द्रिय सदस्य तथा समाजसेवी राज ढुंगाना र दीपा भट्टराई रहेका छन् ।
वर्तमान कार्यसमितीको कार्यकाल आगामी अप्रिल १५ (नेपाली नयाबर्ष) का दिन सकिन लागेको छ । त्यसैले आगामी मार्च मसान्त भित्रमा निर्वाचन गरिसक्ने लक्ष्य राखेर यो निर्वाचन समिती गठन गरिएको हो । समितीलाइ मार्च महिनाभित्र निर्वाचन प्रक्रिया सम्पन्न गरी नया कार्यसमितीका पदाधिकारी र बोर्ड सदस्यहरुको नाम घोषणा गरिसक्न अधिकार प्रदान गरिएको रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष अर्जुन बगालेले बताएका छन् ।
रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालमा हाल १५० जना आजीवन र ४० जना साधारण सदस्यहरु रहेका छन् । यस संस्थाको सदस्य बन्न संधै सबैलाई ढोका खुल्ला रहेको अध्यक्ष बगालेले बताएका छन् ।