Summer Picnic

समस्त कोलोराडोबासी नेपाली दाजुभाइ /दिदीबहिनीहरु,

जुलाई महिना समर पिकनिकको महिना हो । हरेक बर्षको जुलाई (July) महिना मा गरिने समर पिकनिक बर्षौं देखि समस्त कोलोराडोवासी नेपालीहरुलाई मनोरञ्जन दिदै ,एकता र सद्भावनाको शन्देश समेत प्रवाह गर्दै आएको छ। सदाझैं यस बर्षको समर पिकनिकमा सम्पूर्ण नेपालीहरु एकाकार भई आपसी सद्भाव साटौं र सहयोगका हातहरु बढाऔं ।रकि माउन्टेन फ्रेन्ड्स अफ नेपाल, को आयोजना र कोलोराडो स्थित नेपालीहरु आबद्ध सम्पूर्ण संघ संस्थाहरुको सहभागितामा यस बर्षको “समर पिकनिक ” निम्न दिन र समयमा आयोजना हुँदैं छ। सबैजना भेला भई मनोरंजन गरौँ आपसी सद्भाव साटौं।


पिकनिक हुने दिन: Sunday, 25 July 2021
समय: दिनको ४ बजे देखि सांझ ९ बजे सम्म ।
स्थान: 11801 Community Center Drive
Northglenn, Co, 80233

विनित,

टीका पौडेल

अध्यक्ष

रकि माउन्टेन फ्रेन्ड्स अफ नेपाल