RMFN Election Committee 2023

RMFN Election Committee 2023

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको निर्वाचन सम्पन्न गर्न तिन सदस्सिय निर्वाचन समिती गठन

कोलोराडोको सबै भन्दा पुरानो नेपाली भाषीहरुको सामाजिक संस्था रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल को आगामी कार्यकालका (२०२३-२०२५) लागी नया कार्य समिती चयन गर्न तिन सदस्सिय निर्वाचन समिती गठन गरिएको छ I

संस्थाका अध्यक्ष्य टीका पौडेलको अध्यक्ष्यतामा गत शनिवार सम्पन्न कार्यसमितीको बैठकले सर्बसम्मत तरिकाबाट तिन सदस्यहरुको नाम सिफारिस गरेको हो I

डा. शारदा काफ्ले त्रिपाठीको संयोजकत्वमा गठीत समितीका अन्य सदस्यहरुमा कुमार जंग कार्की र अन्जुली शर्मा रहेका छन् I

वर्तमान कार्यसमितीको कार्यकाल आगामी अप्रिल १५ ( नेपाली नया बर्ष)का दिन सकिन लागेको हो I आगामी मार्च मसान्त भित्रमा निर्वाचन गरिसक्ने लक्ष्य राखेर यो निर्वाचन समिती गठन गरिएको छ I मार्च महिनाभित्र निर्वाचन प्रक्रिया सम्पन्न गरी नया कार्यसमितीका पदाधिकारी र बोर्ड सदस्यहरुको नाम घोषणा गरिसक्न निर्वाचन समितीलाई अधिकार प्रदान गरिएको छ I