रक्की माउण्टेन फ्रेन्डस अफ नेपालको आयोजनामा “नेपाल डे परेड २०७५” कोलोराडो राज्यको बोल्डर सहरमा सम्पन्न भएको छ । हेल्पिङ ह्याण्डको सहयोगमा बोल्डर नगरमा सम्पन्न “नेपाल डे परेड” कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावासका इकोमोनीक काउन्सिलर कैलाश पोखरेलको उपस्थिति रहेको थियो । त्यस्तै वरिष्ठ गायक प्रकाश श्रेष्ठ, नेपाली पप गायक सन्जिब प्रधान, आ-आफ्नो संस्थाको ब्यानरमा स्थानीय सङ्घ संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी, पत्रकार, व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । बोल्डर नगरमा आयोजित परेड कार्यक्रममा नेपालीहरूले नेपाल र अमेरिकाको झण्डा, ह्याप्पी न्यु यियर लेखेको प्लेकार्ड ब्यानर बोकी नेपाली सङ्गीतमा गीत गाउँदै हर्सोउल्लास तथा मनोरञ्जनका साथ नगर परिक्रमा गरेका थिए । बोल्डरको ब्यान्डसेलबाट सुरु भएको परेडमा सहभागी नेपालीहरू दौरा सुरुवाल, ढाका टोपी, साडी चोलो लगाएर आएका थिए भने, कोही आफ्नो जातीय भेष भूषा संस्कृति झल्कने पहिरहन लगाएर पनि आएका थिए । अमेरिकाको कोलोराडो राज्यको सुन्दर सहर बोल्डरको अति व्यस्त बजार बिचको सडकमा नेपाली पहिचान झल्कने भेश भूषा तथा नेपाल र अमेरिकाको राष्ट्रिय झण्डा सहित नेपाली बाजा गजाहरुका साथमा प्रदर्शन भएको देख्दा हामी नेपालीहरू मात्र नभएर प्रशस्त विदेशी मूलका नागरिकहरू पनि प्रफुलित देखिन्थे । नगर परिक्रमा गर्नु अगाडी स्थानीय सङ्घ संस्था अध्यक्षहरूले आफ्नो परिचय दिएका थिए । प्रमुख अथिती पोखरेलले बिआरटीसंग कुरा गर्दै नेपाल र नेपालीको शिर उच्चा पार्ने यस्तो महत्त्वपूर्ण तथा सुन्दर कार्यक्रममा सहभागी हुनपाएकोमा…
कोलोराडोमा सक्रिय संस्था रकी माउटेण्ड फ्रेण्डस् अफ नेपाल र ब्लड डोनर्स अफ अमेरिकाको संयुक्त आयोजना शनिवार रक्तदान कार्यक्रम सम्पन्न भयो । नर्थग्लेनमा स्थित क्रसरोड चर्चमा सम्पन्न रक्तदान कार्यक्रममा ७ जना महिला र १३ जना पुरुष गरी २० जना नेपालीले रक्तदान गरेका हुन् । रक्तदान गर्न इच्छुक झन्डै ३० जना भए पनि विभिन्न कारणले गर्दा २० जनामात्र रक्तदान गर्न योग्य ठहरिएका थिए । रक्तदान जिवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा ग्लोबल फोरमका अध्यक्ष तीर्थ बर्मा, नेपाली घरका पूर्व अध्यक्ष नारायण श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरिकाका कोलोराडो च्याप्टरका कोर्डिनेटर टिका पौडेल, नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानका अध्यक्ष भुपेन्द्र महत, थ्रोन्टन सिष्टर ग्रुपका संयोजक धन पौडेल, सरोज भुषाल, क्षितिज गुरुङ, विनीता वाग्ले, सुरेन्द्र महर्जन, सन्जु थापा, सुलेखा न्याछ्यो, रवि श्रेष्ठ , श्रीराम लुईटेल , लुना पौडेल, दीक्षा कार्की, दीपक सुनुवार, ज्योति सुनुवार, शुरेसचन्द्र प्रधान, मोहनराज मीश्र र नातिबाबु भट्ट रहेका छन् । आयोजक संस्था रकी माउटेण्ड फ्रेण्डस् अफ नेपालका अध्यक्ष विनोद त्रीपाठीले एक जनाको रगतले ३ जनालाई बचाउन सकिने यस्तो अमूल्य दानको कार्यक्रम नियमित गरिने उनको भनाई रहेको छ । रक्तदान कार्यक्रम सफल पार्न बोन फिल्ड रक्तसंचार केन्द्र बोल्डरको प्राविधिक सहयोग र क्रसरोड चर्चले ठाउँ उपलब्ध गरेर सहयोग गरेको ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टरका कोर्डिनेटर टिका पौडेल बताएका छन् ।…
अमेरिकाको कोलोराडो स्थित संस्था रक्की माउण्टेन फ्रेन्डस अफ नेपालले कोलोराडोबासी नेपाली विद्यार्थीहरूका लागि शृंखलाबद्ध हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्ने कार्यक्रम अन्तर्गत पहिलो चरणको कार्यक्रम आजबाट बिधिबत सुरुवात गरेको छ । कोलोराडो बस्ने र अध्ययनरत मिडल स्कुलका १७ नेपाली विद्यार्थीहरूलाई लिएर सुरु भएको हाजिरी जवाफ प्रतियोगिता ब्रुमफिल्ड लाइब्रेरीमा आजबाट सुरु भएको हो । कार्यक्रमको सुरुवात नेपाली तथा अमेरिकन राष्ट्रिय गानबाट भएको थियो । रक्की माउण्टेन फ्रेन्डस अफ नेपालका पूर्व अध्यक्ष शरद आचार्यले ब्यानरको पर्दा उघारेर कार्यक्रमको समुद्घाटन गरेका थिए भने कार्यक्रम संयोजक आकाश राईले स्वागत मन्तव्य राखेका थिए । सहभागी १७ प्रतियोगिहरुको परिचय महासचिव टिका पौडेलले गरेका थिए । कार्यक्रममा पाँच समूह थिए । जस मध्ये पशुपति समूहलाई ६० अङ्क, देवकोटा, बुद्ध, सगरमाथा, लालिगुरास समूह सबैलाई ७० अङ्क प्राप्त भएको छ । रक्की माउण्टेन फ्रेन्डस अफ नेपाल अध्यक्ष विनोद त्रिपाठीले हाजिरी जवाफ प्रतियोगिताको महत्त्वको बारेमा बताएका थिए भने क्विज मास्टर गीता चक्रवर्तीले प्रतियोगिताको नियमको जानकारी गराइन । जसमा जम्मा ४ राउण्डस तराई राउण्ड, पहाड राउन्ड, हिमाल राउण्ड र बजर राउण्डको नाम दिइएको थियो । पहिलो दुई राउण्ड पछि १५ मिनट ब्रेक गरी दोस्रो हिमाल राउण्ड र बजर राउण्ड सञ्चालन गरिएको थियो । दिनको १२ बजे सुरु भएको सो कार्यक्रम ६ महिना सम्म चल्नेछ । प्रत्येक महिना हुने यस मासिक कार्यक्रममा प्रतियोगीको…
कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आब्हानमा र ब्लड डोनर्स अमेरिकाको सहयोगमा ०२ सेप्टेम्बर २०१७ मा कोलोराडोको नर्थग्लेनमा संचालन गरिएको रक्तदान कार्यक्रममा नेपाली घरका अध्यक्ष लछुमन राना ,रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष बिनोद त्रिपाठी, ब्लड डोनर्स अमेरिका कोलोराडोका कोअर्डिनेटर टिका पौडेल लगायत विभिन्न १५ जना महानुभावहरुले आफ्नो अमुल्य रगत दान गर्नुभएको छ।रक्तदान बिहान १०.०० बजेदेखि अपरान्ह २ बजे सम्म संछालन गरिएको थियो । यसरी रक्तदान गर्नुहुने महानुभावहरु : १. लछुमन राना २. बिनोद त्रिपाठी ३. टिका पौडेल ४. मणि बस्नेत ५.बुद्धि लामिछाने ६.रोहित श्रेष्ठ ७.रमेश कोइराला ८.डा. पंकज तिम्सिना ९.ज्योति सुनुवार १०.लुना पौडेल ११.मार्शा क्यासटील १२.प्रज्ञा गहतराज १३.रोजिना ताम्राकार १४.सुदर्शन अधिकारी १५.श्रीराम लुइंटेल उक्त रक्तदान कार्यक्रम बोन फिल्ड ब्लड सेन्टर बोल्डर को प्राबिधिक सहयोगमा सम्पन्न भएको थियो भने नर्थ ग्लेनको क्रसरोड चर्चले स्थान उपलब्ध गराएको थियो । रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल सबै रक्त दाता महानुभावहरू,ब्लड डोनर्स अमेरिका ,बोन फिल्ड ब्लड सेन्टर र क्रस रोड चर्चमा हार्दिक आभार प्रकट गर्दछ ।
Denver, Colorado USA
http://www.rmfn.org
email: rmfnorg@gmail.com
Phone: (720) 772-7636